एजेन्सी ।
लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा पुगेको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको होडमा रहेको लेस्टर सिटीलाई ३–० ले पराजित गरेर लिभरपुलले पहिलो स्थानको बाटो सोजाएको हो ।
लिभरपुलका लागि डिओगो जोटा र रोबर्टो फिरमिनोले गोल गरे । लेस्टर सिटीका जोनी इभान्सले २१ औँ मिनेटमा आत्मघाती गोल गरि लिभरपुललाई सुरुवाति अग्रता दिलाए ।
जोटाले ४१ औँ मिनेटमा गोल गरेपछि अग्रता दोब्बर भयो । फिरमिनोले ५६ औँ मिनेटमा गोल गरेर टिमलाई ३–० को शानदार जित दिलाएका हुन् ।
जितपछि दोस्रो स्थानमा पुगेको लिभरपुलले शीर्ष स्थानको टोटनह्यामसँग अंक बराबरी गरेको छ । दुवै टिमको ९ खेलबाट २० अंक भएको छ । लेस्टर सिटी १८ अंकसहित चौथो स्थानमा छ ।