बर्नलीले निकाल्यो सिजनको पहिलो जित, रेलिगेशन जोनबाट जोगियो – Janadesh Daily | ePaper

बर्नलीले निकाल्यो सिजनको पहिलो जित, रेलिगेशन जोनबाट जोगियो


एजेन्सी ।
बर्नलीले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको हो ।

आठौँ मिनेटमा क्रिस वूडले गरेको गोलबाट जित निश्चित गरेको बर्नलीले रेलिगेशन जोनबाट माथि उक्लिएको छ। ८ खेलबाट पाँच अंक जोडेको बर्नली १७ औँ स्थानमा पुगेको छ । पराजित भएको क्रिष्टल प्यालेस ९ खेलबाट १३ अंकसहित ११ औँ स्थानमा छ ।

बर्नलीले यसअघिका सात खेलमा पाँचमा हार बेहोरेको थियो भने दुई खेलमा बराबरी गरेको थियो।

कोरोना भाइरसबाट संक्रमित भएको फरवार्ड विल्फ्रेड जाहा बिना खेलेको प्यालेसले आक्राम प्रदर्शन गर्न सकेन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्