वुल्भ्सले रोक्यो साउथह्याप्टनलाई बराबरीमा, तेश्रो स्थानमा पुग्ने प्रयासमा धक्का – Janadesh Daily | ePaper

वुल्भ्सले रोक्यो साउथह्याप्टनलाई बराबरीमा, तेश्रो स्थानमा पुग्ने प्रयासमा धक्का


एजेन्सी ।

साउथह्याप्टनले तेस्रो स्थानमा पुग्ने र शीर्ष दुई स्थानका टोटनह्याम तथा लिभरपुललाई टक्कर दिने मौका गुमाएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सले साउथह्याप्टनलाई १–१ को बराबरीमा रोकेको छ ।

अवे मैदानमा भएको खेलमा थियो वालकोटले साउथह्याप्टनका लागि ५८ औँ मिनेटमा गोल गरि अग्रता दिलाए । तर ७५ औँ मिनेटमा नेटोले वुल्भ्सका लागि बराबरी गोल फर्काएका हुन् ।

वालकोट पुरानो क्लब फर्किएपछि पहिलो गोल गरेका हुन् । ३१ वर्षे वालकोट सन् २००६ मा १६ वर्षको हुँदा साउथह्याम्पटनबाट आर्सनल गएका थिए ।

उनी गएको अक्टोबरमा एक वर्षको लोनमा एभर्टनबाट साउथह्याप्टन आएका हुन् । उनले फेरि बाल्यकालमा फर्किए जस्तो लागेको बताएका छन् ।

बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ । टोटनह्याम र लिभरपुलका समान २० तथा चेल्सी र लेस्टर सिटीको समान १८ अंक छ । १४ अंकसहित वुल्भ्स नवौँ स्थानमा पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्