देशभरको तापक्रम घट्दै, काठमाडौंमा ६ डिग्री, कर्णालीमा माइनस – Janadesh Daily | ePaper

देशभरको तापक्रम घट्दै, काठमाडौंमा ६ डिग्री, कर्णालीमा माइनस


जनादेश, काठमाडौं ।

मंसिरको दोश्रो सातामा प्रवेश गर्दा देशभरको तापक्रम निरन्तर घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम १८ डिग्री सेन्टिग्रेडदेखि अधिकतम २० डिग्री सेन्टिग्रेडसम्म रहने जनाएको छ ।

उपत्यकाको आज बिहानको तापक्रम ६.२ डिग्री सेन्टिग्रेड मापन गरिएको विभागले जनाएको छ ।

उपत्याकामा आज दिउँसो सामान्य बादल लागे पनि मौसममा बदली भने नआउने मौसमविद्को भनाई छ । विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी भेगमा आज मौसम बदलीसँगै हिमपातको सम्भावना रहेको छ ।

कतिपय कर्णालीका जिल्लामा यस अघि नै तापक्रम माइनसमा पुगिसकेको छ । हिमपात समेत भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्