बाइडेनको सरकार गठन प्रक्रिया सुरु, मन्त्रिपरिषद्का महत्वपूर्ण नाम घोषणा – Janadesh Daily | ePaper

बाइडेनको सरकार गठन प्रक्रिया सुरु, मन्त्रिपरिषद्का महत्वपूर्ण नाम घोषणा


एजेन्सी ।

अमेरिकका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सरकार गठन प्रक्रिया अघि बढाएका छन् । वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गर्दै सत्ता हस्तान्तरणको प्रक्रियालाई अनुमति दिएपछि बाइडेनले मन्त्रीपरिषदका केही महत्वपूर्ण पदमा रहने व्यक्तिको नाम घोषणा गरेका छन् ।

बाइडेनले पूर्व विदेश मन्त्री जोन केरीलाई जलवायु परिवर्तन विशेष दूतको जिम्मेवारी प्रदान गर्ने घोषणा गरेका छन् । जनवरी २० मा बाइडेनले सत्ता सम्हालेपछि जोन केरी जलवायु परिवर्तन विशेष दूत हुने छन् ।

बाइडेनले लामो समयदेखि आफ्ना सहयोगी रहँदै आएका एन्टोनी ब्लिङ्कनलाई विदेश मन्त्रीका रुपमा नियुक्त गर्ने सोमबार घोषणा गरेका छन् । यस्तै फेडरल रिजर्भीकी पूर्व अध्यक्ष ज्यानेट येलेनलाई बाइडेनले वित्त मन्त्रीका रुपमा चयन गर्ने बताइएको छ ।

अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई एक कार्यकालमा सीमित गर्ने गरि पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्