सुनको मूल्य एकैदिन एक हजार ८ सय रुपैयाँले घट्यो – Janadesh Daily | ePaper

सुनको मूल्य एकैदिन एक हजार ८ सय रुपैयाँले घट्यो


जनादेश, काठमाडौं ।

सुनको मूल्य आज एकैदिन एक हजार ८ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ९२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, सोमबार ९४ हजार तीन सय रुपैयाँमा खरिद बिक्री भएको छापावाल सुनको मंगलबार ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ । सोमबार १२ सय १० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११ सय ८० रुपैयाँमा बारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्