कोरोना अपडेट : आज थप १ हजार ७९० जनामा संक्रमण, काठमाडौंमा मात्रै ९४७ संक्रमित – Janadesh Daily | ePaper

कोरोना अपडेट : आज थप १ हजार ७९० जनामा संक्रमण, काठमाडौंमा मात्रै ९४७ संक्रमित


जनादेश, काठमाडौं ।

देशभर आज थप १ हजार ७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै, संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मनलयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये ७२१ जना महिला र १ हजार ६९ जना पुरुष रहेका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा आज ९४७ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४१० जना महिला र ५३७ जना पुरुष रहेका छन् । १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमितमध्ये ६ हजार ५ सय १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ४९६ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै प्रदेश १ मा २०९ सय ३८, प्रदेश २ मा ६०, लुम्बिनी प्रदेशमा १४०६, सुदूरपश्चिम प्रदेशमा २८२, गण्डकी प्रदेशमा ९५३ र कर्णाली प्रदेशमा ११२ जना होम आइसोलेसनमा रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्