कतारी दूतावासको स्पष्टोक्तिः अनाधिकृत अन्तर्वार्तामा संलग्नता छैन – Janadesh Daily | ePaper

कतारी दूतावासको स्पष्टोक्तिः अनाधिकृत अन्तर्वार्तामा संलग्नता छैन


जनादेश, काठमाडौं ।

नेपालका लागि कतारी राजदूतावासले म्यानपावरबाट लिइएको अनधिकृत अन्तर्वार्तामा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेको छ। मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै दूतावासले यस्तो दाबी गरेको हो।

कतार पुलिसका लागि भन्दै पूर्वस्वीकृति बिनाको माग देखाएर मंगलबार होप इन्टरनेसनल म्यानपावरले श्रमिकको अन्तर्वार्ता लिइरहेको स्थानमा कतारी दूतावासको गाडी फेला परेपछि दूतावासको स्पष्टीकरण आएको हो। दूतावासको गाडी फेला परेसँगै अनधिकृत काममा दूतावासकै संलग्नता हुन सक्ने आशंका गरिएको थियो।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुलिसमा नेपाली नागरिकलाई लैजान कतारी नागरिक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदूतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौ’ ।

नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ती गराउंन डिमान्ड गर्ने केही म्यानपावर कम्पनीले तालिम अनुगमन गर्न आएको टोलीलाई सवारी साधन मात्र उपलब्ध गराएको दूतावासको दाबी छ।

‘कतार पुलिसमा जाने युवाको शारीरिक र मानसिक रूपमा फिट हुन सक्ने नसक्ने भनी म्यानपावर कम्पनीको सामान्य चेकजाँचका लागि आएका कतारी नागरिकको टोलीलाई राज्यको जिम्मेवार निकाय राजदूतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो,’ दूतावासको विज्ञप्तिमा दाबी गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्