च्याम्पियन्स लिगमा पिएसजीको जित, नेइमारको गोल निर्णायक – Janadesh Daily | ePaper

च्याम्पियन्स लिगमा पिएसजीको जित, नेइमारको गोल निर्णायक


एजेन्सी।

नेइमारको गोलको सहयोगमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जित निकालेर च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ ।

समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली पिएसजीले आरबी लेइप्जिगलाई १–० ले पराजित गरेको हो ।

आरबीका खेलाडीले एन्जल डी मारियालाई फउल गरेपछि पाएको पेनाल्टीमा ११ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । उनको त्यो गोल नै पिएसजीको जितमा निर्णायक बन्यो ।

दुई खेल बाँकी हुँदा आरबी ६ अंकसहित तेस्रो स्थानमा झरेको छ र समान ६ अंक नै भएको पिएजसी दोस्रो स्थानमा पुगेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्