युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा, रोनाल्डो र मोराटाको गोल – Janadesh Daily | ePaper

युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ मा, रोनाल्डो र मोराटाको गोल


एजेन्सी ।

इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । समूह जी अन्तर्गत मंगलबार राति भएको खेलमा पुनरागमन गरि फेरेन्क्भारोसी टिसीलाई २–१ ले पराजित गरि युभेन्टसले नकआउट चरणमा स्थान बनाएको हो ।

अवे मैदानमा भएको खेलमा १९ औँ मिनेटमा म्यार्तो उजुनीले गोल गरि हंगेरियन क्लब टिसीलाई अग्रता दिलाए ।

पछि परेको युभेन्टसका लागि क्रिष्टियानो रोनाल्डोले ३५ औँ मिनेटमा बराबरी गोल फर्काए । उनले क्लब र राष्ट्रिय टिमबाट गरि खेल जीवनको ७४९ औँ गोल गरेका हुन ।

यस्तै इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि युभेन्टस २–१ ले विजयी भयो ।

चार खेलबाट ९ अंक बनाएको युभेन्टसले समूह जी बाट अन्तिम १६ मा पुग्ने पक्का भएको हो । यो समूहबाट बार्सिलोनाले पनि नकआउट चरणमा स्थान बनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्