शानदार जितसँग च्याम्पियन्स लिगको नकआउट चरणमा बार्साको स्थान पक्का – Janadesh Daily | ePaper

शानदार जितसँग च्याम्पियन्स लिगको नकआउट चरणमा बार्साको स्थान पक्का


एजेन्सी ।

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । समूह चरण अन्तर्गत मंलबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई ४–० ले पराजित गरेको हो ।

समूह जी मा रहेको बार्सिलोनाले समूहका सबै चार खेलमा जित निकालेर १२ अंक बनाइ अन्तिम १६ मा पुग्ने निश्चित गरेको हो ।

अवे मैदानमा भएको खेलमा बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटले ५७ र ७० औँ मिनेटमा गरि दुई गोल गरे ।

यस्तै सेर्गिनो डेस्टले ५२ औँ तथा एन्टोनी ग्रिजम्यानले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा गोल गरि जित दिलाएका हुन् । पहिलो हाफमा गोल गर्न नसकेको खेलमा लियोनल मेस्सी बिना पनि दोस्रो हाफमा चार गोल गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्