भारतीय कांग्रेसका बरिष्ठ नेता अहमद पटेलको कोरोनाले निधन – Janadesh Daily | ePaper

भारतीय कांग्रेसका बरिष्ठ नेता अहमद पटेलको कोरोनाले निधन


एजेन्सी ।

भारतीय कांग्रेस पार्टीका कोषाध्यक्ष एवं वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । कोरोना संक्रमित ७१ वर्षीय पटेलको दिल्लीस्थित अस्पतालमा निधन भएको भारतीय सञ्चार धाम्यले जनाएका छन् ।

पटेल सन् २०१८ मा कांग्रेस कोषाध्यक्ष नियुक्त भएका थिए । ८ पटकसम्म सांसद बनेका उनी पार्टी शक्तिमा रहँदासम्म सोनिया गान्धीका राजनीतिक सल्लाहकार समेत थिए । उनी सन् १९८५ मा पनि राजीव गान्धीका संसदीय सचिव रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नेता पटेलको निधनमा भारतका बरिष्ठ नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्