विश्व चर्चित र नेपालीहरुले मन परेका अर्जेन्टिनी फुटबल लिजेण्ड म्याराडोनाको निधन – Janadesh Daily | ePaper

विश्व चर्चित र नेपालीहरुले मन परेका अर्जेन्टिनी फुटबल लिजेण्ड म्याराडोनाको निधन


एजेन्सी ।

विश्व चर्चित र नेपालीहरुले अत्याधिक मन पराउने अरजेन्टिनी फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।

सन् १९६० अक्टोबर ३०मा जन्मिएका पूर्व अर्जेन्टिनी मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको हृदयाघातका कारण बुधबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मस्तिष्कसम्बन्धी समस्याबाट पीडित म्याराडोनाको दुई हप्ताअघि मात्रै मस्तिष्कमा ब्लट क्लट सर्जरी गरिएको थियो ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो। उनले खेल जीवनमा शृंखलावद्ध रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सिरी एको उपाधि समेत जितेका थिए।

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन। अर्जेन्टिनाबाट उनले चारवटा विश्वकप खेलेका थिए।

सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई उनले फाइनलसम्म पुर्याएका थिए। तर उक्त विश्वकपमा तत्कालिन वेष्ट जर्मनीसँग फाइनलमा पराजित हुँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्न चुक्यो।


२००८ मा म्याराडोना अर्जेन्टिनी टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। तर २०१० को विश्वकप पछि भने उनले उक्त पद छाडे। अर्जेन्टिना उक्त विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो।

फुटबल जीवनको दोस्रो हाफमा भने म्याराडोना लागुऔषध प्रयोग गर्न थालेका थिए। १९९१ मा उनलाई लागुऔषध प्रयोग गरेकै कारण १५ महिना प्रतिबन्ध लगाइएको थियो।

उनले ३७ वर्षको उमेरमा १९९७ मा व्यवसायिक फुटबलबाट सन्यास घोषणा गरेका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्