ढुक्क हुनुस्, ‌‌ओली सरकार ५ वर्ष टिक्छः विष्णु पौडेल – Janadesh Daily | ePaper

ढुक्क हुनुस्, ‌‌ओली सरकार ५ वर्ष टिक्छः विष्णु पौडेल


नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले केपी ओली नेतृत्वको सरकार पूरा पाँच वर्ष टिक्ने दावी गरेका छन् ।

आगामी चुनावसम्म ‌ओली सरकार कायम रहने उनकोको दाबी छ । रुपन्देहीको बुटवलमा बुधबार तिनाउ दानव नदी करिडोर सडक अयोजनाको शिलान्याश गर्दै अर्थमन्त्री पौडेलले अस्थिरता ल्याउच चलखेल गरे पनि त्यो सफल नहुने जिकिर गरे ।

रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका पौडेलले तिनाउ दानव नदी करिडोर केन्द्र सरकारको बिशेष महत्वको आयोजना भएको बताउंदै यो सडक पुरा भएपछि बुटवलबाट भारतीय सिमा मर्चवारसम्मको क्षेत्रको कायापलट हुने दाबी पनि गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्