म र म्याराडोना एकदिन स्वर्गमा फुटबल खेल्नेछौं- फुटबलर पेले – Janadesh Daily | ePaper

म र म्याराडोना एकदिन स्वर्गमा फुटबल खेल्नेछौं- फुटबलर पेले


एजेन्सी ।
हृदयघातका कारण अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएपछि विश्वमा चर्चित फुटबल हस्तीहरुले शोक व्यक्त गरेका छन् ।

अर्जेन्टिनालाई आफ्नो कप्तानीमा विश्वकप जिताएका म्याराडोना पछिल्लो समय जिम्नासिया इग्रिमा ला प्लाटा क्लबको प्रशिक्षक थिए ।

८० वर्षीय ब्राजिली पूर्वस्टार पेलेले विश्व फुटबल इतिहासकै सर्वाधिक उत्कृष्ट खेलाडीमध्ये एक म्याराडोनाको निधनमा शोक व्यक्त गरेका छन् ।

‘उनीजस्ता साथी गुमाउनु दुःखद् हो । भगवान्ले उनको परिवारलाई पर्याप्त शक्ति दिउन् । पक्का छ, कुनै दिन हामी स्वर्गमा एकसाथ बल हान्नेछौं,’ पेलेले विज्ञप्तिमा लेखेका छन् । इ

ङल्यान्डका गेरी लिनेकर, अर्जेन्टिनाका निकोलस ट्यागलियाफिक, स्पेनका गुटीलगायत पूर्वस्टारहरुले पनि म्याराडोनाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

अर्जेन्टिनामा तीन दिने शोक
म्याराडोनाको निधनको खबर बाहिरिएसँगै अर्जेन्टिना सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

यो पनि पढ्नुस्- विश्व चर्चित र नेपालीहरुले मन परेका अर्जेन्टिनी फुटबल लिजेण्ड म्याराडोनाको निधन

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्