च्याम्पियन्स लिगः इन्टरमिलान रियल मड्रिड स्तब्ध – Janadesh Daily | ePaper

च्याम्पियन्स लिगः इन्टरमिलान रियल मड्रिड स्तब्ध


एजेन्सी ।
च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाउने इटालियन क्लब इन्टर मिलानको सपनामा गम्भीर धक्का लागेको छ ।

समूह बी अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।

घरेलु टोली मिलान ३३ औँ मिनेटमा अटुरो भिडाल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भयो ।

त्यसअघि नै उसले एक गोल खाएको थियो । सातौँ मिनेटमा पाएको पेनाल्टीमा इडन हजार्डले भ्रमण टोली रियल मड्रिडका लागि गोल गरेका थिए ।

५९ औँ मिनेटमा इन्टर मिलानका आचरफ हकिमीले आत्मघाती गोल गरेपछि रियल मड्रिडको २–० को जित निश्चित भएको हो ।

जितपछि १३ पटकको विजेता रियल मड्रिड सात अंकसहित समूहको दोस्रो स्थानमा पुगेको छ । दुई अंक रहेको इन्टर मिलान दुई खेल बाँकी हुँदा पुछारमा छन् ।

बुधबार राति नै भएको खेलमा शाख्तर डोनेस्कलाई ४–० ले पराजित गरेको बोरुसिया मोन्चेङ्गग्लाडवाच ८ अंकसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानको शाख्तरको चार अंक छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्