बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा – Janadesh Daily | ePaper

बार्यन म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा


एजेन्सी ।

जर्मन बुण्डेस लिगा क्लब बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

समूह चरणका दुई खेल बाँकी हुँदै बार्यन म्युनिख समूह ए बाट नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

बुधबार राति घरेले भैदानमा भएको खेलमा १० खेलाडीमा सीमित भएको बार्यन म्युनिखले एफसी रेड बुल साल्ज्बर्गलाई ३–१ ले पराजित गरेको हो ।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्की (४२ औँ मिनेट), किङ्गस्ले कोम्यान (५२ औँ मिनेट) र लिरोय साने (६८ औँ मिनेट) ले गोल गरे । मार्को रोको ६६ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । रेड बुलका लागि बेरिशले ७३ औँ मिनेटमा एक गोल फर्काए ।

लेवान्डोस्कीले च्याम्पियन्स लिगमा हालसम्म ७१ गोल गरेका छन् । उनी सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा तेस्रो स्थानमा रहेका राउलसँग बराबरी गर्न सफल भएका छन् ।

दोस्रो स्थानमा रहेका लियोनल मेस्सीले ११८ तथा शीर्ष स्थानमा रहेका क्रिष्टियानो रोनाल्डोले १३१ गोल गरेका छन् ।

समूह ए अन्तर्गत नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिड लोकोमोटिभ मस्कोसँग गोलरहित बराबरीमा रोकिएको छ । पाँच अंकसहित एथ्लेटिको समूहको दोस्रो स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्