देशभरको मौसममा बदली, हिमपातसहित यस्तो छ सम्भावना – Janadesh Daily | ePaper

देशभरको मौसममा बदली, हिमपातसहित यस्तो छ सम्भावना


जनादेश, काठमाडौं ।

पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली आएको छ । देशभरको मौसममा आज बिहीबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र क्षेत्रमा आंशिक बदली रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान, प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्