अक्सफोर्डको कोरोना खोप ट्रायलमै गम्भीर गल्ती – Janadesh Daily | ePaper

अक्सफोर्डको कोरोना खोप ट्रायलमै गम्भीर गल्ती


एजेन्सी ।

विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रणमा सबैभन्दा उपयुक्त मानिएको अक्सफोर्ड र एस्ट्राजेनको कोरोना खोप ट्रायलमै गम्भीर गल्ती भएको बताइएको छ । सो कुरामा दुई उत्पादक कम्पनिले नै गल्ती स्वीकार गरेका छन् । यससँगै यो भ्याक्सिनले तत्काल स्वीकृति पाउने सम्भावना समेत रद्द भएको छ ।

ट्रायलका क्रममै त्रुटि भएको पाइएपछि विशेषज्ञहरुले यो भ्याक्सिनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । अक्सफोर्डले निर्माण गरिरहेको भ्याक्सिनको ट्रायल भारतमा भइरहेको छ । सो खोप भारतको पुणे स्थिति सिरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गर्ने तयारी भइरहेको छ । यसअघि सिरम इन्स्टिच्युटका सीइओ अदार पुनावालले फेब्रुअरीको अन्तिम हप्ता सम्म कोविसिल्डको कम्तिमा १० करोड डोज तयार हुने बताएका थिए । अहिलेसम्म ४० लाख डोज तयार भइसकेको र केन्द्र सरकारले यसलाई २ सय ५० रुपैया ९भारु० वा त्यो भन्दा कम मुल्यमा खरिद गर्न तयार रहेको उनले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्