नेपाल-भारत विदेशसचिवस्तरीय बैठक उपलब्धिमुलक : भारतीय दूतावास – Janadesh Daily | ePaper

नेपाल-भारत विदेशसचिवस्तरीय बैठक उपलब्धिमुलक : भारतीय दूतावास


काठमाडौं ।

भारतीय दूतावासले नेपाल-भारत विदेशसचिवस्तरीय द्विपक्षीय बैठक उपलब्धिमुलक बताएको छ ।

“विदेश सचिवद्वय हर्षबर्द्धन श्रृंगला र भरतराज पौड्यालबीच उपलब्धिमुलक भेटघाट भयो, जसमा उहाँहरूले द्विपक्षीय सहयोगको समीक्षा गर्नुभयो र आपसी हितका मुद्दाहरूमा छलफल गर्नुभयो,” दूतावासले ट्वीटरमा भनेको छ ।

दुई दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय विदेशसचिव श्रृंगला आज बिहान काठमाडौं आइपुगेका हुन्। आएलगत्तै उनी नेपाल-भारत विदेशसचिवस्तरीय बैठकमा सहभागी भएका थिए। बैठक साढे दुई बजे सकिएको थियो।

बैठक सकिएपछि भारतीय विदेशसचिव परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई शिष्टाचार भेट गर्न सिंहदरबार पुगेका छन्। उनले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन्।

उनी भोलि गोरखा जाने र त्यहाँबाट फर्केपछि स्वदेश फर्कने छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्