देशभर थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि, २३ संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

देशभर थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि, २३ संक्रमितको मृत्यु


जनादेश, काठमाडौं ।

आज देशभर थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै, कोरोना संक्रमितको कुल संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४३६ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा २ लाख ९ हजार ४३५ जना संक्रमित उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म १७ लाख जनाको पिसिआर परीक्षण गरिएको छ भने १६ हजार ७ सय ९३ जना संक्रिय संक्रमित रहेका छन् । हाल ६ सय ८० जना क्वारेन्टाइनमा छन् ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्