यी हुन् तनाव कम गर्ने खानेकुरा – Janadesh Daily | ePaper

यी हुन् तनाव कम गर्ने खानेकुरा


मानिसको जीवनमा धेरै उतारचढाव आउँछन् । यस्तै, तनाव बढ्दा वैचारिक विचलनसहित विभिन्न रोग लाग्नेसमेत सम्भावना हुन्छ । यदि तपाईं तनावमा हुनुहुन्छ भने यस्ता खानेकुरा खानुस्, जसले तपाईंलाई केही मात्रामा भए पनि तनाव कम गर्न मद्दत गर्दछ ।

कुरिलो

शरीरलाई शान्त र पूर्ववत् अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्दछ । त्यसैले तनाव उत्पन्न भएकाे बेला कुरिलोको तरकारी वा झोल बनाई खानु निकै फाइदाजनक हुन्छ ।

ब्रोकाउली

ब्रोकाउलीमा हुने फोलिक एसिडले तनाव कम गर्न मद्दत गर्दछ । यदि कोही मानिस तनावपूर्ण स्थितिमा छ भने खानासँग ब्रोकाउलीको तरकारी खानु उपयुक्त हुन्छ ।

दूध

दूधमा क्याल्सियम, म्याग्नेसियम र पोटासियमसहित ट्राइप्टोफान नामक तत्त्वसमेत पाइन्छ, जसको सेवनले मस्तिष्क स्वस्थ र शान्त बनाउने गर्दछ । तनावका बेला दूधको सेवन गर्नु निकै लाभदायक हुन्छ ।

केरा

पोटासियम र कार्बोहाइड्रेड प्रचुर मात्रामा पाइने केरा खानाले शरीरमा सेरोटोनिन नामक न्युरोट्रान्समिटर उत्सर्जन गर्दछ, जसले तनाव कम गर्ने तथा शान्त राख्न मद्दत गर्दछ ।

स्याउ

स्याउमा फोस्फोरस र आइरन प्रचुर मात्रामा पाइन्छ । यसले शरीरको तनाव कम गर्नुका साथै तनाव उत्पन्न हुँदा खुम्चिएका कोषिकालाई पुरानो अवस्थामा फर्काउन मद्दत गर्छ ।

अमला

अत्यधिक तनाव हुने व्यक्तिका लागि अमला सबैभन्दा उत्तम फल हो । अमलामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । यसले तनाव उत्पन्न हुँदा रगतमा आउने परिर्वतनलाई पुरानो अवस्थामा फर्काउने गर्दछ ।

जौ

फाइबरको मात्रा उच्च हुने जौ खानाले तनावका कारण कोलेस्टेरोलकाे मात्रामा बढी भए वा मुटुसम्बन्धी रोगका लागि पनि लाभदायी हुन्छ । तनाव महसुस भएमा जौको पिठोबाट बनेका परिकार खानाले तनाव कम हुन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्