युरोपा लिग फुटबलः मोल्डेलाई ३-० ले पराजित गर्दै आर्सनल नकआउट चरणमा – Janadesh Daily | ePaper

युरोपा लिग फुटबलः मोल्डेलाई ३-० ले पराजित गर्दै आर्सनल नकआउट चरणमा


एजेन्सी ।
आर्सनल युरोपा लिग फुटबलको अन्तिम ३२ अर्थात नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् ।

समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३-० ले पराजित गरेको हो । आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् ।

जितपछि चार खेलबाट १२ अंक बनाएको आर्सनलले अन्तिम ३२ मा स्थान बनाउने पक्का भएको छ ।

समूह जे अन्तर्गत भएको खेलमा लुडोगोरेट्स राज्ग्राडलाई ४–० ले पराजित गरेको टोटनह्यामले पनि नकआउट चरणमा स्थान बनाउने अवस्थामा पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्