ब्रागासँग ३-३ गोलको बराबरी गर्दै लेस्टर सिटी युरोपा लिगको नकआउटमा – Janadesh Daily | ePaper

ब्रागासँग ३-३ गोलको बराबरी गर्दै लेस्टर सिटी युरोपा लिगको नकआउटमा


एजेन्सी ।

लेस्टर सिटी युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह जी अन्तर्गत बिहीबार राति भएको खेलमा स्पोर्टिङ्ग ब्रागासँग ३–३ को बराबरी गर्न सफल भयो ।

सो बारबरीका लागि इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा जेमी भर्डीले गरेको गोल निर्णाक बन्यो । स्पोर्टिङ्गका लागि चौथो मिनेटमा अल मुस्राती र २४ औँ मिनेटमा डिजाय फेर्नान्डेसले गोल गरेका थिए ।

लेस्टर सिटीका लाचगि बार्नेसले नवौँ तथा थोमसले ७८ औँ मिनेटमा गोल गरेका हुन् । ९० औँ मिनेटमा राड्रिग्वेज बार्बोसाले गोल गरि ब्रागालाई अग्रता दिलाए तर भर्डीले इन्जुरी समयमा गोल गरि लेस्टरलाई बराबरीमा ल्याएका हुन् ।

सो बारबरीपछि चार खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेको लेस्टरले नआउट चरणमा स्थान बनाउन सफल भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्