युरोपा लिगमा टोटेनहमको शानदार जित, लुडोगोरेट्स ४-० ले पराजित – Janadesh Daily | ePaper

युरोपा लिगमा टोटेनहमको शानदार जित, लुडोगोरेट्स ४-० ले पराजित


एजेन्सी ।

यूईएफए युरोपा लिगमा टोटेनहम हट्सपरले लुडोगोरेट्सलाई फराकिलो अन्तरले पराजित गरेको छ । ब्राजिलियन फरवार्ड कार्लोस भिनिसियसको उत्कृष्ट प्रदर्शनमा टोटेनहम ४-० ले विजयी भएको हो ।

खेलको १६औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । ३४औँ मिनेटमा भिनिसियसले नै गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

६३औँ मिनेटमा ह्यारी विङ्क्सले गोल गर्दै अग्रता फराकिलो पारे । ७३औँ मिनेटमा भिनिसियसको पासमा गोल गर्दै लुकास मौराले चार-शुन्य गोलको जित सुनिश्चित गरे । जितसँगै टोटेनहमले ९ अंक बनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्