गुल्मीमा जिप दुर्घटना, ५ जनाको मृत्यु – Janadesh Daily | ePaper

गुल्मीमा जिप दुर्घटना, ५ जनाको मृत्यु


जनादेश, तामघास ।

गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिकाबाट सदरमुकाम तम्घासतर्फ गैरहेको लु १ ज ११६६ नम्बरको जिप हुल भन्ने स्थानमा रहेको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इश्मा ४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका सरस्वती दर्लामी र फर्सु थापाको अवस्था गम्भीर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको स्थानीय वासिन्दाले बताएका छन् ।

जिप भिरबाट ४ सय मिटर भन्दा तल खसेको र चालक सकुसल रहेको प्रहरीको भनाई छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्