ओरालो लाग्दै सुनको मूल्य, तोलाको कति ? – Janadesh Daily | ePaper

ओरालो लाग्दै सुनको मूल्य, तोलाको कति ?


काठमाडौँ ।

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।

तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ । बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । चाँदी आज प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको छ । बिहीबारका तुलनामा चाँदी प्रतितोला रु १० ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्