छुटाछुट्टै स्थानमा दुईको शव फेला – Janadesh Daily | ePaper

छुटाछुट्टै स्थानमा दुईको शव फेला


मकवानपुर  ।

इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ । यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । इन्द्रसरोवर– १ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्