लागुऔषधसहित दुई पक्राउ – Janadesh Daily | ePaper

लागुऔषधसहित दुई पक्राउ


परासी ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ वर्षीय रितेश सुनार रहेका छन् ।

जिल्ला जिल्ला प्रहरी कार्यालयका अनुसार शङ्का लागि सोधपुछ गर्ने क्रममा लागुऔषध फेला परेपछि सुनवलको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सुनवल–१ स्थित पैदलयात्रामा रहेका मगरलाई शङ्का लागि जाँच गर्दा उनको साथबाट नुफिन १४ एम्पुल, डाइजेपाम १४ एम्पुल, फेनारागन १४ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

यसैगरी सुनवल–१२ भूमहीस्थित ग ५ प ७०८३ नम्बरको मोटरसाइकलका चालक सुनारलाई पनि शङ्का लागि जाँच गर्दा नुफिन ३०, डाइजापाम ३०, फेनारागन ३० एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सुनवलबाट आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रनाउ लामाले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्