आज नेकपाको सचिवालय बैठक बस्दै, प्रधानमन्त्री ओलीको जवाफ तयार – Janadesh Daily | ePaper

आज नेकपाको सचिवालय बैठक बस्दै, प्रधानमन्त्री ओलीको जवाफ तयार


काठमाडौ ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । बैठक दिउसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीमाथी लगाएको आरोप बारे ओलीले प्रतिबाद सहितको लिखित जवाफ पेश गर्ने बताइएको छ ।

आफू निकट नेताहरुले तयार पारेको लिखित प्रतिबेदन लाई प्रधानमन्त्री ओलीले शुक्रबार साँझ अन्तिम रुप दिनु भएको थियो ।  जवाफमा प्रधानमन्त्री ओलीले दाहालले लाएको आरोपको खण्डन र अस्वीकार गर्दे पार्टी  एकता लाई जोगाउनका लागि अभिभाबकीय भूमिका सहितको जबाफ तयार गर्नुभएको उहाँ निकट एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । ती सदस्यका अनुसार संयमित खालको जबाफ तयार भएको छ , बिेशेष गरी स्थायी समितिले गरेको  सर्बसम्मत निर्णयलाई  आधार मानेर अघि बढ्ने खालको जबाफ तयार भएको छ । जबाफमा ब्यक्तिगत रुपमा लगाईएका लान्छानाहरको अस्बीकार तथा खारेजी र राजनीतिक बुदाहरुको बारेमा समस्या सूरु हुनुका कारण र त्यसको निराकरणलाई समेटिएको छ ।

 मंसीर तीन गते देखी अध्यक्ष ओली र दाहाल बीच प्रत्यक्ष सम्बाद नभएपनि  उहाँहरु निकट नेताहरु बीच पटक पटक समस्या समाधानको लागि छलफल भएको थियो । सुरुका बेला  निकै आक्रोशित देखिनुभएका अध्यक्ष दाहालले पछिल्ला केही दिन यता भने समस्या जहाँबाट सुरु भएको हो त्यही बिन्दु बाट समाधानका लागि आफु  तयार रहेको  सन्देश वालुवाटार पुर्योउनु भएको छ ।  जसका कारण पाि अध्यक्ष ओलीले  आफनो प्रतिबेदनलाई केही नरम बनाउनु भएको  जनाईएको छ  ।

यसै बीच स्थायी समिति सदस्य एबं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दुबै प्रतिबेदनलाई खारेजी गरी एकताको नयाँ प्रतिबेदन बनाउनु पर्ने सुझाब दिनु भएको छ । सामाजिक संञ्जाल मार्फत पोखरेलले यस्तो सृुझाब दिनु भएको हो । यसैबीच शुक्रबार सांझ स्वास्थ्थ मन्त्री भानुभक्त ढकालले बरिष्ठ नेता माधबकुमार नेपाल संग र उपपप्रधानमन्त्री ईश्वर पोखरेलले सचिवालय सदस्य  बामदेब गौतम संग छुट्टा छुट्टै छलफल गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्