बलात्कार आरोपित बालकलाई छ महिना कैद – Janadesh Daily | ePaper

बलात्कार आरोपित बालकलाई छ महिना कैद


सप्तरी ।

खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ । खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा ०७६ भदौ ६ गते आरोपितले बलात्कार गरेको पीडितले बताएपछि थाहा पाउनुभएकी उहाँकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोनाले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्