आज देशभर थप १ हजार ३८० जनामा कोरोना संक्रमण, १९ संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

आज देशभर थप १ हजार ३८० जनामा कोरोना संक्रमण, १९ संक्रमितको मृत्यु


जनादेश, काठमाडौँ ।

आज देशभर थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ५१५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार ३६८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आज एकैदिन थप १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या १ हजार ४५४ पुगेको छ । हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्