उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित, प्रधान पराजित – Janadesh Daily | ePaper

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित, प्रधान पराजित


जनादेश, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । जित सँगै ढकाल नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष भन्ने भएका छन् । ढकालले एसोसिएटबाट पाँच सय २२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला, नगरबाट ५२ मत प्राप्त गरेका थिए ।


ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट तीन सय ७४, वस्तुगतबाट ३९ र जिल्ला, नगरबाट ५३ मत प्राप्त गरेका थिए ।

एशोसिएटको मातभार ३० प्रतिशत, बस्तुगतको २० प्रतिशत र जिल्ला नगरको ५० प्रतिशत मत भार हुने प्रवधान रहेको छ ।

ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्