ओलीको प्रतिवेदन आफ्नो शासनकाल स्वर्णयुग भएको अहंकारमात्र- डा. बाबुराम भट्टराई – Janadesh Daily | ePaper

ओलीको प्रतिवेदन आफ्नो शासनकाल स्वर्णयुग भएको अहंकारमात्र- डा. बाबुराम भट्टराई


जनादेश, सोसल मिडिया वाच ।

जनता समाजवादी पार्टी (नेपाल) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिन प्रस्तुत गरेको प्रतिवेदन ओली अहंकारको पुञ्ज भएको बताएका छन् ।

ओलीले प्रतिवेदनमा आफूबाट कहिल्यै गल्ती नभएको जसरी आफ्नो शासनकाल नै स्वर्णयुग भएको जस्तो अहंकार गरेको डाक्टर भट्टराईको टिप्पणी छ ।

ओलीले शनिबारको सचिवालय बैठकमा प्रचण्डलाई प्रत्युत्तरसँगै प्रत्यारोपको पुलिन्दा प्रस्तुत गरेका थिए । ओलीको प्रस्तावमा अहंकार झनै बढी देखिएको प्रचण्डको टिप्पणी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्