सरकारले भन्यो- ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार प्रतिवेदन अस्वीकार्य – Janadesh Daily | ePaper

सरकारले भन्यो- ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार प्रतिवेदन अस्वीकार्य


जनादेश, काठमाडौं ।

सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा भ्रष्टचारसम्बन्धी अवस्थाका बारेमा सार्वजनिक गरेको प्रतिवेदन खारेज गरेको छ ।

प्रतिवेदनलाई मनोगत र दलीय पूर्वाग्रहबाट अभिप्रेरित भएको भन्दै सरकारले यो अस्वीकार्य रहेको बताएको हो ।

पछिल्लो मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा आइतबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त संस्थामा कार्यरत व्यक्तिको दलीय आवद्धताले नै यो प्रतिवेदन कति पूर्वाग्रही छ भन्ने देखिएको बताए । सरकारलाई बद्नाम गर्न राजनीतिक पूर्वाग्रहका आधारमा रिपोर्ट तयार पारी प्रचार सामाग्री बनाइएको आरोप पनि मन्त्री गुरुङले लगाए ।

‘ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टलाई सरकारले अस्वीकार गर्छ। सरकारविरुद्ध भ्रम छर्ने र तथ्यलाई बङ्ग्याएर पर्चा सामाग्री तयार पारिएको छ। यसले जनालाई जनतालाई भड्काउन खोज्यो’, मन्त्री गुरुङले पत्रकार सम्मेलनमा भने ।

गुरुङले गत वर्ष सुशासनको मामिलामा उल्लेख्य सुधार गरेको नेपालले एक वर्षकै अवधिभा भ्रष्टाचार बढ्यो र प्रधानमन्त्री संरक्षक भन्नु आपत्तिजनक तथ्यहीन भएको दाबी पनि गरेका छन् । रुल अफ लको इन्डेक्समा नेपालमा एसियाकै उत्कृष्ट सूचीमा परेको अवस्थामा ट्रान्सपरेन्सीले गलत रिपोर्ट दिएको उल्लेख गरे।

गुरुङले राजतन्त्रको पक्षमा पछिल्ला दिन देशका मुख्य शहरमा भएको प्रर्दशनलाई ‘पुनःउत्थानवादी र प्रतिक्रियावादी’हरुको चलखेलको संज्ञा दिए। ‘पुनःउत्थानवादी र प्रतिक्रियावादीको चलखेल बढेको बेलामा रिपोर्ट सार्वजनिक गरियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्