प्रिमियर लिगमा चेल्सी र टोटेनहमको बराबरी – Janadesh Daily | ePaper

प्रिमियर लिगमा चेल्सी र टोटेनहमको बराबरी


एजेन्सी ।

इङ्लिश प्रिमियर लिग फुटबलमा चेल्सी र टोटेनहमले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेलेको हो ।

चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकियो । खेलमा घरेलु टिम चेल्सीले बल पोजिसनमा पकड जमाएको थियो । तर, गोल गर्न सकेनन् ।

खेलको १० औं मिनेटमा टिमो वेर्नेरले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि चेल्सीले अग्रता बनाउने मौका गुमाएको थियो ।

यस बराबरीसँगै टोटेनहम भने लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले १० खेलमा २१ अंक जोडेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्