अमेरिकामा कोरोना संक्रमण झनै बढ्छ- एन्थोनी फाउची – Janadesh Daily | ePaper

अमेरिकामा कोरोना संक्रमण झनै बढ्छ- एन्थोनी फाउची


एजेन्सी ।

अमेरिका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोना महामारी थप भयावह बन्ने चेतावनी दिएका छन् ।

आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै फाउचीले थ्याङ्गसगिभिङ्गको बिदाका लागि दशौँ लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव नकारात्मक पर्ने बताएका हुन् । आउँदा हप्ताहरुमा कोरोना भाइरसको संक्रमण अहिले भन्दा अझ तीव्र गतिमा बिस्तार हुने सम्भावना रहेको फाउचीको भनाई छ ।

उनले भनेका छन्, ‘मास्क लगाउने तथा भौतिक र सामाजिक दूरी कायम गर्ने हो भने धेरै हदसम्म सम्भावित संक्रमण रोक्न वा फैलिन नदिन सकिन्छ।’

महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ३३ लाख ७४ हजार भन्दा धेरै पुगेको छ। यस्तै कोभिड–१९ का कारण अहिलेसम्म अमेरिकामा दुई लाख ६६ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्