म्याराडोनाको उपचारमा संलग्न चिकित्सकमाथि छानविन सुरु – Janadesh Daily | ePaper

म्याराडोनाको उपचारमा संलग्न चिकित्सकमाथि छानविन सुरु


एजेन्सी ।
केही दिन अघि निधन भएका अर्जेन्टीनाका महान् फुटबलर डिएगो म्याराडोनाको उपचारमा संलग्न चिकित्सकहरूमाथि छानबिन थालिएको छ ।

उपचारमा भएको लापरबाहीले म्याराडोनाको निधन भएको आशंका र आरोपपछि उपचारमा संलग्न चिकित्सकहरू छानविनको दायरामा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

केही समय अघि मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातबाट गत बुधवार निधन भएको थियो।

मस्तिष्क सल्यक्रियापछि भएको म्याराडोनाको निधन हृदयघात नै कारण थियो या थिएन भन्नेबारे छानबिन सुरू भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्