ईश्वर पोखरेलको चलखेलः आईजीमा एकल दाबेदारी हुनेगरी विश्वराज पोखरेलको बढुवा सिफारिश – Janadesh Daily | ePaper

ईश्वर पोखरेलको चलखेलः आईजीमा एकल दाबेदारी हुनेगरी विश्वराज पोखरेलको बढुवा सिफारिश


जनादेश वाच ।

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको हो ।

आइजिपीका एक्ला दाबेदार

सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।

एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ। पोखरेल एआईजी बने नेपाल प्रहरीको भावी आईजीपी बन्ने लगभग पक्का छ। आईजीपीका लागि उनी एक्लो उम्मेदवार हुनेछन्।


उपप्रधानमन्त्री ईश्वर पोखरेलको चलखेलमा उनका भाइपर्ने विश्वराज भविष्यमा प्रहरी नेतृतवमा एकल दाबेदारी रहने गरी बढुवा सिफारिश गरेको श्रोतको भनाई छ ।

विश्वराज अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । ईश्वरकै दबाबमा विश्वराजलाई भावी प्रहरी महानिरीक्षक बनाउने योजना अनुसार बढुवा सिफारिस गरिएको भन्दै प्रहरी अधिकृतहरुले असन्तुष्टि जनाएका छन् ।

१८ महिनाअघि नै भावी आईजीपीको टुंगो लाग्नेगरी बढुवा सिफारिस गरेपछि चेन अफ कमाण्डमा असर पर्ने जानकारहरु बताउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्