अजेयराज सुमार्गीविरुद्ध तथानाम लेख्ने कान्तिपुरलाई सवक, सर्वोच्चले भन्यो- खण्डन छाप्नु – Janadesh Daily | ePaper

अजेयराज सुमार्गीविरुद्ध तथानाम लेख्ने कान्तिपुरलाई सवक, सर्वोच्चले भन्यो- खण्डन छाप्नु


जनादेश मिडिया वाच ।

व्यवसायी अजेयराज सुमार्गीविरुद्ध जथाभावी समाचार लेखेको कान्तिपुर पब्लिकेसनलाई झट्का लागेको छ । कान्तिपुरमा प्रकाशित समाचार सत्यतामा आधारित नरहेको ठहर्याउँदै काठमाडौं जिल्ला अदालतले कान्तिपुर पब्लिकेसन्सले खण्डन छाप्नुपर्ने फैसला सुनाएको छ ।

आर्थिक सौदाबाजी गरी आफूबाट अनुचित लाभ लिने नियत राखी आधारहीन समाचार छापेको भन्दै सुमार्गीले कान्तिपुर पब्लिकेसन्स, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रधानसम्पादक सुधीर शर्मालाई विपक्षी बनाई गाली बेइज्जती मुद्दा दायर गरेका थिए।

सोमबार गरिएको अन्तिम फैसलामा न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले कान्तिपुरले खण्डन छाप्नुपर्ने फैसला गरेको हो।

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियाले सौदाबाजीको उद्देश्यले भ्रामक सामग्री प्रकाशन–प्रसारण गरेको सुमार्गीको आरोप थियो।
कान्तिपुरलाई नजराना चढाएर मात्रै व्यापार गर्न पाइने खराब नजीर बसेको भन्दै सुमार्गीले सिरोहियाले पत्रिकाको दुरुपयोग गरेको बताएका थिए। कान्तिपुर दैनिक, काठ्माडौं पोष्ट, कान्तिपुर टेलिभिजन आदिमार्फत सुमार्गी परिवार र सुमार्गी परिवारको स्वामित्वमा रहेका कम्पनीबारे आधारहीन समाचार सम्प्रेषण गर्न गरिएकव भन्दै सुमार्गी अदालत गएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्