विश्वमा २४ घण्टामा थपिए ५ लाख कोरोना संक्रमित, भारतमा मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघ्यो – Janadesh Daily | ePaper

विश्वमा २४ घण्टामा थपिए ५ लाख कोरोना संक्रमित, भारतमा मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघ्यो


एजेन्सी ।

विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ९६ हजार ८९२ कोरोना संक्रमित थपिएका छन् । योसँगै संसारमा कुल संक्रमितको संख्या ६ करोड २३ लाख ६३ हजार ५२७ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ६९७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ५६ हजार ६८७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा १ लाख ३७ हजारको मृत्यु

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४४३ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३८ हजार ७७२ नयाँ संक्रमित थपिएका छन् । तथ्यांक अनुसार भारतमा ९४ लाख ३१ हजार ६९१ जनामा कोरोना संक्रमण भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्