नेकपा सचिवालय बैठक आजः ओलीलाई लिखित जवाफ दिने इतर पक्षको तयारी – Janadesh Daily | ePaper

नेकपा सचिवालय बैठक आजः ओलीलाई लिखित जवाफ दिने इतर पक्षको तयारी


जनादेश वाच ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिलय बैठक आज (म‌ंगलबार) बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रस्वेतावमा छलफल हुने कार्यक्रम छ ।

ओली समूहले अल्पमतमै परे पनि प्रतिवेदनमार्फत राखेको अडानबाट पछि नहट्ने तयारी गरेको छ भने प्रचण्डसहितका ५ नेता ओलीलाई लिखित जवाफ दिने तयारीमा छन् ।

ओलीको कार्यशैलीका कारण पटकपटक समस्या आएको भन्दै बहुमतबाट निर्णय गरेर अघि बढ्ने रणनीति प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाल पक्षको छ । यसका लागि सो समूहको नेताहरूले माधव नेपालको निवास कोटेश्वरमा सोमबार बिहान छलफल गरेका थिए । बहुमत नेताहरुले ओलीले उठाएका हरेक प्रश्नहरुको सयुंक्त रुपमा लिखित जवाफ दिने तयारी गरेका छन्। प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए।

ओलीले जवाफमा एकतापछिका विषय र सन्दर्भभन्दा विगतका र प्रचण्डको व्यक्तिगत जीवनका बारेमा प्रश्न उठाएपाएपछि त्यसलाई गम्भीर रुपमा लिएको नेताहरुले बताएका छन्। ओलीलाई दिने जवाफ प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले तयार पारेकव बताइएको छ ।

ओलीको जवाफी प्रस्तावपछि प्रचण्ड झन बिच्किएको विश्लेषण गर्दै प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रचण्डसँग फेरि छलफल गर्न सुरु गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्