काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक सक्किएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बुधबार बस्ने गरी सकिएको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षका प्रस्तावमाथि छलफल सुरुवात भएकाले बुधबार फेरि बालुवाटारमै बैठक बस्ने तय भएको हो । उक्त बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताए।
पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ र प्रधानमन्त्री केपि शर्मा ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गरेका थिए।