मंसिर २० गतेसम्मका लागि नेकपा सचिवालय बैठक स्थगित – Janadesh Daily | ePaper

मंसिर २० गतेसम्मका लागि नेकपा सचिवालय बैठक स्थगित


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । बैठक मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा २ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।

बैठकको कुनै औचित्य नरहेको बताउँदै आएका प्रधानमन्त्री ओलीे आजको बैठकमा भने सहभागी हुने बताइएको थियो । तर, लामो समयको प्रतीक्षापश्चात पनि ओली नआएपछि बैठक सुरु भएको थियो । केही समयका लागि बसेको बैठक मंसिर २० गतेसम्मका लागि स्थगित भएको सुचनासँगै सकिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्