विश्वमा कोरोनाका कारण १५ लाख भन्दा बढीको मृत्यु, ६ करोड ४९ लाख संक्रमित – Janadesh Daily | ePaper

विश्वमा कोरोनाका कारण १५ लाख भन्दा बढीको मृत्यु, ६ करोड ४९ लाख संक्रमित


एजेन्सी ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । विगत २४ घण्टामा हालसम्मकै सर्वाधिक १२ हजार ३ सय ७८ जनाको ज्यान गएसँगै मृतक संख्या १५ लाख १ हजार नाघेको हो । कुल संक्रमित संख्या ६ करोड ४९ लाख ३५ हजार पुगेको छ ।

तीमध्ये ६९ दशमलब ३ प्रतिशत अर्थात ४ करोड ५० लाख ३० हजार बढी संक्रमणमुक्त भएका छन् । विश्वमा अहिले १ करोड ८४ लाख ४ हजार सक्रिय संक्रमित रहेकोमा १ लाख ६ हजार ६ सयभन्दा बढीको अवस्था गम्भिर छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा २ लाख ७९ हजार ८ सय ६७, ब्राजिलमा १ लाख ७४ हजार ५ सय ३१, भारतमा १ लाख ३८ हजार ६ सय ५७, मेक्सिकोमा १ लाख ७ हजार ५ सय ६५, बेलायतमा ५९ हजार ७ सय, इटलीमा ५७ हजार, स्पेनमा ४५ हजार ७ सय ८४ र रुसमा ४१ हजार बढीको ज्यान गइसकेको छ । यसैबीच कोरोना संक्रमणबाट अति प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा दुइ वटा रेकर्ड कायम भएको छ ।

संक्रमित र अस्पताल भर्ना हुने संख्याले किर्तिमानी रेकर्ड कायम गरेपछि क्रिसमसमा संक्रमण थप बढ्ने चिन्ता ब्यक्त गरिएको छ । बुधवार हालसम्मकै धेरै १ लाख ९५ हजार ६ सय ९५ संक्रमित र अस्पतालमा भर्ना भएका कोरोना बिरामीको संख्या १ लाख नाघेको छ ।

संक्रमण उच्चदरले बढेपछि जाडोयाम र क्रिसमसमा मुलुकको स्वास्थ्यप्रणालीले धान्न नसक्ने चेतावनी दिइएको छ । यस्तै अमेरिकापछि दोश्रो प्रभावित भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख नाघेको छ । महाराष्ट्र, केरल, दिल्ली र पश्चिम बंगालमा संक्रमणदर अन्य राज्यको तुलनामा उच्च छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्