चीनले बाइडेनमाथि निगरानी सुरु गरेको अमेरिकी खुफिया एजेन्सीको दावी – Janadesh Daily | ePaper

चीनले बाइडेनमाथि निगरानी सुरु गरेको अमेरिकी खुफिया एजेन्सीको दावी


एजेन्सी ।

अमेरिकी खुफिया एजेन्सी नेशनल इन्टेलीजेन्ट्सका निर्देशक विलियम एभानिनाले चीनले अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनको निगरानी सुरु गरेको दावी गरेका छन् । उनका अनुसार एक चिनियाँ एजेन्ट बाइडेनको समूका व्यक्तिसँग अति निकट हुन पुगेको बताएका छन् ।

बुधबार एसपेन इन्स्टिच्युटले आयोजना गरेको एक भर्चुअल छलफलका क्रममा एभानिनाले उनले चिनियाँ एजेन्टहरूले अमेरिकाको राष्ट्रपति निर्वाचन र कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण कार्यलाई प्रभावित पार्ने कोसिस गरिरहेको आरोप समेत लगाएका छन् । यस्तै, सोही छलफलका क्रममा अमेरिकाको न्याय विभागका एक अधिकारीले एक हजारभन्दा धेरै शंकास्पद चिनियाँ एजेन्टहरू अमेरिकामा रहेको बताएका छन् । अमेरिकाको ‘नेशनल सेक्युरिटी डिभिजन’ का न्याय विभागका प्रमुख जोन डेमर्सले सो कुरा बताएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्