सचिवालय बैठक रोकेर ओली र प्रचण्ड छलफलमा, कात्तिक २५ पछि पहिलो पटक आमने सामने – Janadesh Daily | ePaper

सचिवालय बैठक रोकेर ओली र प्रचण्ड छलफलमा, कात्तिक २५ पछि पहिलो पटक आमने सामने


जनादेश, काठमाडौं ।
तनावकाबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै छ । १ बजे बोलाइएको बैठक समयमै बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएपनि अझै सुरु भएको छैन ।

गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको थियो। पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो ।

प्रवक्ता श्रेष्ठले बैठकमा प्रधानमन्त्री आउने र छलफल हुने दाबी गरेका छन् । प्रधानमन्त्री आउने र छलफल दाबी गरेका उनले आउनु भएन भने के हुन्छ भन्ने हाइपोथेटिकल कुरा नगर्न आग्रह गरेका छन् ।

यसैबीच, सचिवालय बैठक बस्नुअघि सहमति जुटाउन दुई अध्यक्ष छलफलमा जुटेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भइरहेको हो। कात्तिक २५ यता दुई अध्यक्षले पहिलो पटक एक्लाएक्लै भेटेका हुन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्