कोरोना खोप ल्याउन यस्तो छ स्वास्थ्य मन्त्रालयको तयारी – Janadesh Daily | ePaper

कोरोना खोप ल्याउन यस्तो छ स्वास्थ्य मन्त्रालयको तयारी


जनादेश काठमाण्डौ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको छ ।

पछिल्लो समय विभिन्न देशले निर्माण गरेका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी हुँदै गएको र आम नागरीकहरुमा प्रयोग हुन थालेपछि स्वास्थ्य मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्ययोजना पारित गरेको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त योजना पारित गरेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख एवं कोभिड भ्याक्सिन खोप सल्लाहकार समितिका सदस्य सचिव डा झलक शर्मा गौतमले जानकारी दिए ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीको संयोजकत्वमा पूर्वाधार विश्लेषण तथा आवश्यकताको आँकलन गर्ने समिति बनाइएको छ।

यो समितिले खोप भण्डारण गर्न आवश्यक पूर्वाधार कस्तो हुनुपर्छ? हाल नेपालमा भण्डारणको अवस्था के कस्तो छ? कोरोना भ्याक्सिनलाई भण्डारण गर्न कस्तो कोल्ड चेन चाहिन्छ? कसरी भण्डारण प्रभावकारी बनाउने लगायथका विषयमा काम गर्ने छ। मन्त्रालयका नीति योजना अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनीलाई खोप कोष सञ्चालन समिति र सार्वजनिक सूचना प्रभाव संयोजक तोकिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्