जनादेश कूटनीतिक वाच ।
नेपालले ७ दशक लामो कूटनीतिक इतिहासमा पहिलो पटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ ।
आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न क्षेत्रमा छरिएका नीतिहरूलाई एकीकृत गर्दै एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेका हुन् ।
नेपालले यसअघि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिलाई नयाँ नीतिमा पनि निरन्तरता दिइएको छ । विश्वमा नयाँ एजेण्डाका रूपमा आएको जलवायु परिवर्तनको मुद्दालाई परराष्ट्र नीतिमा समेटिएको छ । साथै, अबको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखिएको छ ।
फेरिँदो विश्व राजनीति र नेपालका प्राथमिकतामा पनि बदलाव आइरहेको भए पनि छिमेकी मुलुकसहितका अन्य मित्र राष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक हितका आधारमा स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम राख्ने उल्लेख गरिएको छ ।
साथै, ऐतिहासिक प्रमाण तथा सन्धि-सम्झौताको जगमा सीमा समस्या समाधान गर्ने सन्दर्भ पनि उल्लेख गरिएको छ । त्यसका लागि कूटनीतिक माध्यमबाट पहल गरिने पनि मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् ।
के छ त एकीकृत परराष्ट्र नीतिमा पढ्नुस् पूर्ण पाठः
[embeddoc url=”http://janadeshdaily.com/wp-content/uploads/2020/12/Parastra-Niti.pdf”]