कोरोना महामारीः विश्वमा थपिए साढे पाँच लाख संक्रमित, १ लाखको अवस्था गम्भीर – Janadesh Daily | ePaper

कोरोना महामारीः विश्वमा थपिए साढे पाँच लाख संक्रमित, १ लाखको अवस्था गम्भीर


एजेन्सी ।

विश्वमा गत चौबीस घण्टामा ५ लाख ३४ हजार ९४२ जना कोरवना संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ७३ लाख ८५ हजार ५५० पुगेको छ ।

१ लाखको अवस्था गम्भीर
विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ६ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ ।

वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ९२ लाख ६४ हजार ३९७ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ६ हजार १३९ जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५३७ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर १५ लाख ४१ हजार ६४१ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार २०१ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ६१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा २३१ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ६१ हजार २४५ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ६० हजार ७८ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख २८ हजार ५२२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ८८ हजार ९०६ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख ९ हजार ७१७ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा ३ लाख १ हजार ६२५ जनाको मृत्यु भएको छ । एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ४० हजार ५९० जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

विश्वमा संक्रमितमध्ये ४ करोड ६५ लाख ७९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्